१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई गरे बर्खास्त, केही समयदेखि चुप थिए बाेल्टन



अ+ अ-

वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ह्वाइट हाउसमा ठूलाे फेरबदल गरेका छन् । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन् । बोल्टनसँग आफ्नो असहमति रहेको भन्दै ट्रम्पले बर्खास्त गरेका हुन् ।

चार वर्षे राष्ट्रपतिय कालमा राष्ट्रिय सुरक्षा सल्लाहकार फेरिएकाे याे तेस्राे अवसर हाे । यसअघि २ जना सल्लाहकार बर्खास्तीमा परिसकेका थिए ।

यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरले ट्रम्पको सुरक्षा सल्लाहकारको भूमिका खेलेका थिए । तर, ट्रम्पसँगको असहमतिपछि उनीहरू छोटो समयमै बाहिरिएका थिए । सन् २०१८ को अप्रिलमा तेस्रो सुरक्षा सल्लाहकारका रूपमा बोल्टनकाे नियुक्ति भएकाे थियाे ।

ट्रम्पले एक ट्विट गर्दै पदबाट राजीनामा दिन गरेको आग्रहअनुसार, जोनले मंगलबार राजीनामा दिएको उल्लेख गरेका छन् । ‘मैले जोनलाई राजीनामा दिन भनेको थिएँ । उनले मंगलबार बिहान मलाई राजीनामा बुझाएका छन् ।’

यद्यपि, बाेल्टनले ट्रम्पले नभनीकनै आफूले पदबाट राजीनामा दिएको बताएका छन् । जोनले उपयुक्त समयमा आफ्ना भनाइ सार्वजनिक गर्ने पनि बताएका छन् ।

‘कसैले नभनीकनै मैले आफैंले राजीनामा दिएको हुँ । उपयुक्त समयमा यसबारे आफ्ना धारणा राख्नेछु’, पदबाट बर्खास्त गरेको ट्रम्पको भनाइप्रति लक्षित गर्दै उनले भनेका छन् ।

ट्रम्पले इरान विरुद्ध अपनाएको कडा रवैयाको प्रमुख योजनाकार यिनै बोल्टनलाई मानिन्छ । तेहरानका नेताहरूसँग ट्रम्पले भेटघाट गर्न चाहेकोमा उनले विरोध गरेका थिए । त्यस्तै, उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरणसम्बन्धी शिखर वार्तामा बाेल्टनले सकारात्मक भूमिका नखेलेको आरोप उत्तर काेरियाकाे छ ।

सुरुका दिनमा दुईबीच खासै विवाद नदेखिए पनि ट्रम्पका पछिल्ला विदेशनीतिप्रति उनी असहमत थिए । बाेल्टनकाे राजीनामापछि रिक्त सुरक्षा सल्लाहकारमा ट्रम्पले कसैलाई पनि नियुक्त गरेका छैनन् । ट्रम्पले अर्को सातासम्ममा नयाँ सुरक्षा सल्लाहकार नियुक्त गर्ने बताएका छन् ।