२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त



अ+ अ-

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुन् ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पु¥याउने प्रधानमन्त्री बन्नेछन् । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ । यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त भएका छन्। उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्छन् । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिन्छन् ।