४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक ४ बजे बस्दै



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले एकीकरणका केही काम टुङ्ग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि यो पहिलो सचिवालय बैठक बस्न लागिएको हो । यसअघि भदौ ९ गते प्रधानमन्त्रीको अनुपस्थितीमा प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो ।

सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो । आजको बैठकले महानगरका कमिटी, प्रवास र आयोगका पदाधिकारी टुङ्ग्याउने अपेक्षा गरिएको छ ।