२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय



अ+ अ-

काठमाडौं । नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले एनएसओ चाइनाको सम्पर्क कार्यालय काठमाडौंको बुढानीलकण्ठमा स्थापना गरिएको छ ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै एनएसओ चाइनाका संस्थापक अध्यक्ष मनोज भट्टले नेपालबाट चीनमा अध्ययन गर्न जाने विद्यार्थी तथा चीनमा अध्ययनरत नेपाली विद्यार्थीबीच समन्वय र सहकार्यका लागि प्रभावकारी संस्थाको आवश्यकता महसुस गरी एनएसओ चाइनाको स्थापना गरिएको बताए ।

उनका अनुसार संस्थाले चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक सहयोग, समन्वय तथा विभिन्न गतिविधिमा सहजीकरण गर्नेछ ।

अध्यक्ष भट्टले नेपालबाट ठूलो खर्च गरेर टाढाका युरोप तथा अमेरिका जानुभन्दा नजिकै रहेको चीनका शैक्षिक अवसरलाई पनि नेपाली विद्यार्थीले गम्भीर रूपमा लिनुपर्ने बताए । “चीन अहिले विश्वका विभिन्न क्षेत्रमा अग्रणी राष्ट्रका रूपमा अघि बढिरहेको छ । त्यसैले नेपाली विद्यार्थी चीन जान हिच्किचाउनु हुँदैन,” उनले भने ।

चीनमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरिरहेका भट्टले एनएसओ चाइनामार्फत नेपाली विद्यार्थीलाई अध्ययन तथा अन्य क्षेत्रमा सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका व्यक्ति तथा चीनमा अध्ययन गरेका र अध्ययनरत नेपाली विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच समन्वय र सहकार्य बढाउन एनएसओ चाइनाजस्तो संस्थाको आवश्यकता रहेको धारणा राख्दै संस्थाको आगामी यात्राका लागि शुभकामना दिएका थिए ।

एनएसओ चाइनाले आगामी दिनमा नेपाल तथा चीनमा रहेका नेपाली विद्यार्थी र युवाबीच सम्बन्ध विस्तार गर्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सहकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।