२ भाद्र २०८३, मंगलवार
,
Latest
काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु भएको छ ।

मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटिको वैठक तथा प्रशिक्षण काठमाडौमा शुरु भएको हो । प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले वागमती प्रदेश कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा दुवै पक्षबाट समायोजन गरि प्रदेश कमिटि बनाईएको हो ।

एकतापछि बनेको कमिटिका सदस्यहरुलाई पार्टी संयोजक दाहालले सपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणका क्रममा उहाँले सबै प्रदेशमा पार्टीले एकता बैठक तथा प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सातै प्रदेशका प्रदेश कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम सकिएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा जारी प्रशिक्षण कार्यक्रममा वागमती प्रदेश समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । बैठक तथा प्रशिक्षणमा पार्टीको संगठनात्मक एकता, आगामी राजनीतिक कार्यदिशा तथा प्रदेशस्तरीय गतिविधिबारे छलफल हुने जनाईएको छ । प्रदेश कमिटिमा एकताको कार्यक्रम सकिएपनि अन्य विभिन्न कमिटिमा एकताको काम बाँकी रहेको जनाईएको छ ।




भर्खरै