२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका १० अभिनेत्रीहरु, जो हुन् करोडौंको मालिक



अ+ अ-

फिल्म क्षेत्रमा काम गर्ने सबै कलाकारहरु एकनासले यस क्षेत्रमा टिकिरहन त्यती सजिलो छैन् । केहि समयको लागि सफल भएपनि दर्शकहरुको रुचाँईबाट हराउने गर्छन् कलाकारहरु । फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु हुन्छन् ।

नामसंगै दाम कमाउनेहरु पनि कमै हुन्छन् । अनि कमै त्यस्ता नायिकाहरु जो कलाकारिताबाट नै करोडौंको सम्पत्तिका मालिक पनि बनेका छन् । बलिउड क्षेत्रमा रहेका केहि नायिकाहरु जो करोडौंका धनि पनि छन् । कलाकारिता क्षेत्रबाटै नाम र दाम प्रशस्त रुपमा कमाउन सफल रहेका केहि बलिउड क्षेत्रका नायिकाहरुको बारेमा चर्चा गरौं । जो बलिउडकै धनी १० अभिनेत्रीमा पर्छन् ।

दीपीका पादुकोण

दीपीका पादुकोण हाल ३४ वर्षकी छिन् तर उनी १० अभिनेत्रीमा सबैभन्दा बढी पैसा कमाउने नायिकामा पर्छिन् । २००७ मा ओम शान्ति ओमबाट उनले भारतीय सिनेमा जगतमा प्रवेश गरेकी थिईन् । उनी ४५ मिलियन डलरकी मालिक हुन् । उनको पछिल्लो फिल्म पद्मावतबाट उनले १३ करोड भारु लिएकी थिइन् । उनले हालसम्म झण्डै २७ फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रियंका चोपडा

३७ वर्षीया प्रियंका चोपडा ४० मिलियन डलरकी मालिक्नी हुन् । उनले हलिउडको पर्दामा समेत आफ्नो प्रतिभा देखाईसकेकी छिन् । उनी मिस वल्र्ड २००० की विजेता पनि हुन् ।

माधुरी दिक्षित

५२ वर्षीया माधुरी दिक्षीत सबैभन्दा बढी कमाउनेमा तेश्रो नम्बरमा पर्छिन् । ३५ मिलियनकी मालिक्नी उनी भारतीय महिलामा सबैभन्दा सुन्दर नायिकामा पर्छिन् । उनले आफ्नो फिल्मी कैरियर १९८४ मा ‘अबोध’ फिल्मबाट सुरुवात गरेकी थिइन् ।

ऐश्वर्या राय

तमिल फिल्म क्षेत्रबाट आएकी नायिका ऐश्वर्या रायको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रहेको छ । १९९४ मा मिस वल्र्डको ताज पहिरिएकी यी नायिका ३५ मिलियन डलरको मालिक्नी हुन् । उनी बलिउडको बादशाह अमिताभ बच्चनका छोरा नायक अभिशेक बच्चनकी पत्नी हुन् ।

प्रिति जिन्टा

प्रिति जिन्टा ३० मिलियन डलरकी मालिक्नी हुन् । प्रितिजिन्टाको पहिलो फिल्म १९९८ मा बनेको ‘दिलसे’ रहेको छ । ४४ वर्षीया यी नायिकाले बिबिसी अनलाईनमा धेरै लेख लेखेकी छन् । उनी हाल बलिउडको पर्दाहरुबाट केहि बिलिन भएर गएकी छिन् ।

विद्या वालन

विद्या वालन २५ मिलियन डलरकी मालिक हुन् । ४० वर्षीया यी नायिकाले बंगाली फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी हुन् । हिन्दी सिनेक्षेत्रमा उनको पहिलो फिल्म ‘परिणीता’ हो । उनको कलाकारिताको अक्सर धरै नै गुनगान गाउने गरिन्छ ।

अनुष्का शर्मा

पहिलो फिल्म ‘रब ने बनादी जोडी’ बाट दलिउडमा कदम राखेकी अनुष्का शर्माको सम्पत्ति २५ मिलियिन डलर रहेको छ । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी अनुष्काले २००८ देखि हिन्दी फिल्म क्षेत्रमा आफ्नो कदम राखेकी हुन् । उनी चर्चित क्रिकेट खेलाडी विराट कोहलीकी पत्नी हुन् ।

अमृता राव

३८ वर्षीया नायिका अमृता राव २०.५ मिलियन डलरकी मालिक हुन् । उनी १० धनी अभिनेत्रीमा ८ औं नम्बरमा पर्छिन् । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी उनको पहिलो फिल्म ‘अबके वरस’ रहेको छ । उनको ‘वेलकम टु सज्जनपुर’ लगायतका फिल्म चर्चित रहेका थिए ।

काजोल देवगन

‘बेखुदी’ नामक हिन्दी फिल्मबाट आफ्नो कैरियर सुरु गरेकी काजोल भारतीय १० अभिनेत्रीमा धेरै कमाउनेमा नवौं नम्बरमा पर्छिन् । उनी १६ मिलियन डलरकी मालिक हुन् । उनी ४५ वर्षीया नायिका हुन् । उनले अभिनय गरेका बाजिगर, दिलवाले दुल्हनिया लेजाएंगे लगायतका फिल्म बलिउडमा राम्रो कमाई गर्ने साथै सदाबहार फिल्महरु हुन् ।

सोनाम कपुर

१५ मिलियन डलरकी मालिक सोनाम कपुर सबैभन्दा बढी कमाउने १० औं नम्बरमा पर्छिन् । ३४ वर्षीया यी नायिकाको पहिलो फिल्म ‘सावरिया’ रहेको थियो । उनले प्रेम रतन धन पायो, प्याडम्यान लगायतका फिल्ममा मुख्य भूमिकामा खेलेकी छन् । उनको सबैभन्दा राम्रो भूमिका ‘निरजा’ मा रहेको बताइन्छ ।