२ भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र इलामकाे माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावत सहज ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक



अ+ अ-

चितवन। चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ ।

सहरी विकास मन्त्रालय (भवन निर्माण व्यवस्था सुदृढीकरण समिति) तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो ।

नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पु¥याउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाको अभिलेखीकरण गरी नक्सापास गर्ने कार्य गरिने छैन ।

त्यस्तै, नगरपालिकाबाट नक्सापास स्वीकृति लिएर स्वीकृत नक्साभन्दा फरक ढङ्गले संरचना निर्माण गर्ने, थप संरचना बनाउने वा आफूखुसी संरचना अदलबदल गर्ने र पछि त्यसलाई अभिलेखीकरण गरी वैधानिकता दिने प्रक्रिया पनि बन्द गरिएको छ ।

इन्जिनियर ढुङ्गानाले भन्नुभयो, “नगरपालिकाको अनुमति बेगर आफूखुसी संरचना निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो । अब त्यस्ता संरचनाको अभिलेखीकरण तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिने छैन ।”

उहाँले भवन निर्माणसम्बन्धी कानुनी मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने र पछि त्यसलाई अभिलेखीकरणमार्फत कानुनी दायरामा ल्याउने प्रवृत्ति अन्त्य गर्न नगरपालिकाले प्रक्रिया कडाइ गरेको बताउनुभयो । स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा त्यसविपरीत निर्माण गरिएका संरचनालाई पछि प्रक्रिया मिलाएर वैधानिकता दिने व्यवस्था अब नरहेको उहाँको भनाइ छ ।

त्यसैगरी, राजमार्गको केन्द्रविन्दुबाट तोकिएको सडक सीमा कायम नगरी निर्माण गरिएका संरचनालाई निर्माण सम्पन्न प्रमाणपत्र जारी नगरिने नगरपालिकाले जनाएको छ । राजमार्गको सडक सीमा सम्बन्धमा प्रचलित कानुन तथा नेपाल सरकारबाट तोकिएको मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने इन्जिनियर ढुङ्गानाले बताउनुभयो ।

नगरपालिकाका अनुसार रत्ननगरमा हाल नक्सापास नभएका तथा पुराना संरचनाको सङ्ख्या पाँचदेखि सात सयको हाराहारीमा रहेको अनुमान छ । नगरपालिकाभित्र करिब २२ हजार घरधुरी तथा भवन रहेको जनाइएको छ । रासस