१ भाद्र २०८३, सोमबार
,
Latest
‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’



अ+ अ-

पोखरा । नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका बिरुवा रोपिएको हो।

पोखरा खेलकुद परिषद्का अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा आयोजित वृक्षारोपण कार्यक्रममा एनएफपीजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्त, बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, एनएफपीजे नेपाल पोखरा शाखाका अध्यक्ष योगेन श्रेष्ठ, उपाध्यक्ष बसन्त शेर्पा, सचिव प्रेम थापालगायत नेपाल र बङ्गलादेशका फोटो पत्रकार तथा अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालतर्फबाट एनएफपीजे नेपालका अध्यक्ष वन्त, बङ्गलादेशतर्फबाट अध्यक्ष मोहसिन तथा पोखरा शाखाको टोलीले संयुक्त रूपमा बिरुवा रोपेका थिए। पोखरा रङ्गशालालाई थप हरियाली बनाउने अभियानमा सहयोग पुर्‍याउनुका साथै नेपाल–बङ्गलादेशबीचको मित्रता र सहकार्यको दीगो चिनोका रूपमा वृक्षारोपण गरिएको एनएफपीजे नेपालले जनाएको छ।

एनएफपीजे नेपालका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई प्रकृति तथा वातावरण संरक्षणसँग जोडेर स्मरणीय बनाउन वृक्षारोपण गरिएको बताए।

“आज रोपिएको बिरुवा केवल एउटा बिरुवा होइन, नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको मित्रता र सहकार्यको जीवित प्रतीक हो,” अध्यक्ष वन्तले भने, “यी बिरुवा जसरी हुर्कँदै र फैलिँदै जानेछन्, त्यसरी नै दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध, सहकार्य र आत्मीयता पनि अझ बलियो हुँदै जाने हाम्रो विश्वास छ।”

बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिनले नेपाल भ्रमणका क्रममा मित्रताको प्रतीकस्वरूप वृक्षारोपण गर्न पाउनु खुसीको विषय भएको बताउँदै नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए।