काठमाडौं । पूर्वराजदूत केशव झाको हत्यामा समातिएका उनका बडीगार्ड सानुकान्छा तामाङ विरुद्द कारागार चलान भएको छ । जिल्ला अदालत काठमाडौंद्वारा तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिईएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले तामाङलाई गत साउन ३१ गते पक्राउ गरेको थियो । घटना आजभन्दा एक वर्षअघि भएको थियो । झाको बबरमहलस्थित आफ्नै घरमा गत वर्ष भदौमा हत्या भएको थियो । उनका परिवारले एक वर्षपछि झा हत्यामा सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
झा हत्यामा उनकै संलग्नता रहेको भन्दै परिसरले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तामाङले ५० हजार लेनदेन विवादका कारण झाको हत्या गरेको प्रहरीको निष्कर्ष छ।