२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा



अ+ अ-

बागलुङ । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको छ ।

उक्त पार्टीको बागलुङ नगर समितिले बागलुङ नगरपालिका–१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा कार्यक्रम सम्पन्न भइसकेको नगर समिति अध्यक्ष धनबहादुर परियारले बताए । “चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ”, उनले भने, “जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गरेको हो ।”

गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ । जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ले बताए ।बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ ।

कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख र वडाका अध्यक्षले बजेट तथा अन्य कार्यक्रमबारे जानकारी गराउने र सहभागीबाट सुझाव तथा गुनासोे सुन्ने गरिएको छ । प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् ।“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गर्छौं”, सचिव गैरेले भने, “जनताको पनि उत्साहजनक सहभागिता छ ।”

विगतमा सम्पादन भएका कामको समीक्षा र भावी योजना निर्माणमा पनि कार्यक्रम सहयोगी बनेको जनप्रतिनिधिहरू बताउँछन् । “स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर पनि बनेको छ”, काठखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भने, “हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति सचेत र उत्तरदायी बन्न यस अभियानले झक्झक्याएको छ ।”

पार्टीको प्रतिनिधित्व गर्दै चुनाव जितेका जनप्रतिनिधिलाई जनतासँग जोड्न अभियान फलदायी बनेको उनको भनाई थियो । अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पु¥याउने नेकपाको जिकिर छ । उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने सचिव गैरेले बताए ।

कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् ।