२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रको आन्तरिक एकताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता अनिवार्य रहेको बताउनुभएको छ ।

संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टी अहिले गम्भीर चुनौती र संकटको अवस्थामा रहेकाले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो ।

नेता साउदले पार्टी पूर्व सभापति शेरबहादुर देउवाका तर्फबाट विगतमा पनि एकताका लागि पहल भएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पार्टी संकटमा रहेको समयमा आन्तरिक विग्रह बढाउने गरी विशेष अधिवेशनको माग गर्ने र दस्तखत अभियान चलाउने कार्यले संगठनलाई क्षति पु¥याएको दाबी गर्नुभयो ।

निर्वाचनको परिणाम र युवा नेतृत्वको दाबीबारे टिप्पणी गर्दै साउदले गत निर्वाचनमा काँग्रेसको मत संख्या २७ लाखबाट १६ लाखमा झर्नु र ८९ सिटबाट ३८ सिटमा खुम्चिनु दुःखद् रहेको बताउनु भयो । उहाँले लोकप्रिय भनिएका र फेस बिक्छ भन्ने दाबी गर्ने युवा नेताहरूको प्रभाव निर्वाचन परिणामले एक मिथक मात्रै प्रमाणित गरिदिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले साथीहरूलाई पटक–पटक आग्रह गरेका थियौँ कि पार्टी र मुलुक संकटमा भएको बेला आन्तरिक विरोधमा नलाग्नुहोस् । नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा पदको लोभ र महत्वाकांक्षाले केही साथीहरू अन्धो हुनुभयो, जसले गर्दा पार्टीको पीडालाई बुझ्न सकिएन । जुनसुकै परिस्थिति आए पनि जबसम्म १४ औँ महाधिवेशनको समितिलाई पुनस्र्थापित गरिन्न, तबसम्म काँग्रेसको एकता हुन सक्दैन । किनभने उक्त महाधिवेशन मात्रै यस्तो थलो थियो जहाँ सबै पक्षको सहभागितामा कार्यसमिति चुनिएको थियो । आधा मान्छेले गरेको निर्णय सर्वसम्मत हुन सक्दैन ।’

पार्टीभित्रको कानूनी विवादबारे चर्चा गर्दै उहाँले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दा नै एकताको मुख्य आधार हुने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल