२८ श्रावण २०८३, बिहीबार
,
Latest
जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु कृषि आपूर्ति श्रृंखला सुधार्न कार्यदल गठन, किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले खानेपानीको समस्या समाधानका लागि विभिन्न निर्णय गर्दै सरकारलाई आवश्यक निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो ।

समितिले मधेस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबेलबाट खानेपानी उपलब्ध हुन छाडेका कारण समस्या उत्पन्न भएका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गरी खानेपानी आपूर्ति गर्न निर्देशन दिएको छ । साथै, मधेस प्रदेशमा अधुरा रहेका १७६ वटा ओभरहेड ट्याङ्कीसम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

काठमाडौं उपत्यकामा मेलम्ची, वाग्मतीलगायत खानेपानीका स्रोतको संरक्षण, विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय निकुञ्ज तथा अन्य निकायसँगको समन्वयमा पानी ल्याउने क्रममा देखिएका समस्या समाधान गर्नसमेत समितिले भनेको छ ।

त्यस्तै, सुनकोशी–मरिण डाइभर्सनबाट मधेस तथा तराई क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी उपलब्ध गराउने सम्भावनाबारे चालु आर्थिक वर्षभित्रै सम्भाव्यता अध्ययन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ । अध्ययनपछि लागत, स्रोत, प्रविधि तथा कार्यान्वयनको स्पष्ट खाका तयार गरी अघि बढाउन समितिले भनेको छ ।

सभापति गजुरेलका अनुसार नेपालका सम्पूर्ण बस्तीलाई समेटेर पानीका मुहानको संरक्षण तथा व्यवस्थापनमार्फत आसपासका बस्तीमा आवश्यक खानेपानी उपलब्ध गराउने उद्देश्यले संघीय सरकारका सम्बन्धित मन्त्रालयले ‘इन्ट्रिग्रेटेड मास्टर प्लान’ तयार गर्नुपर्नेछ ।

उहाँले संघ, प्रदेश र स्थानीय तहलाई समेत जिम्मेवार बनाउने गरी एकीकृत खाका तयार गरेर खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताउनुभयो ।

“नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छौँ,” सभापति गजुरेलले भन्नुभयो ।

समितिले पानीका मुहानको संरक्षण, व्यवस्थापन र उपयोगलाई एकीकृत रूपमा अघि बढाउँदै देशभरका बस्तीमा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

–न्युज एजेन्सी नेपाल