काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।
चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।
नयाँ सामाजिक सुरक्षा भत्ता यस्तो रहेको छ :-
जेष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ
एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ
पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ
अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ
लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ
बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ
७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ