१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग



अ+ अ-

विराटनगर । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० मात्र डेङ्गुबाट प्रभावित भएको र यसमा निकै सुधार भएको पाइएको छ ।

हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेङ्गु बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ । अहिले नेपालको धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण बढनाका साथै यसबाट मानिसको मृत्युसमेत हुन पुगेको छ ।

दिल्लीमा शुरुआत गरिएको अभियान नेपालमा शुरु भएमा यो रोगको खतराबाट मुक्त हुन सकिने विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक सङ्ज्ञा ज्ञवाली बताउछन् । सुनसरीको धरानबाट फैलिएको यो रोग अहिले नेपालको ५३ जिल्लामा फैलिएको छ ।

डेङ्गुको यो भयावह स्थितिलाई हेरेर यस विषयमा राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने र सरकासले अहिले चालेको कदम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् ।