४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सभापतिमाथि आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कारबाही गर्न अध्यक्ष थापाको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि भएको साँघातिक हमलाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भत्सर्ना गरेका छन् ।

अध्यक्ष थापाले शुक्रबार ट्वीट गर्दै बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

जागरण अभियानको दोस्रो चरणको क्रममा बिहीबार बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको थियो । र साथै विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ताहरु पनि घाइते भएका थिए ।