२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा लिभरपुलको प्रभावशाली जित, म्यान्यु, चेल्सी र टाेटेनह्याम पनि विजयी



अ+ अ-

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार जित हासिल गरेर अग्रस्थानमा रहेकाे छ । शनिबार न्युकासललाई ३–१ ले पराजित गरेको लिभरपुलले सिजनको प्रिमियर लिगको पाँचै खेल जितेर शीर्षस्थानमा छ ।

तस्वीरः एपी

गत सिजनमा दाेस्राे स्थानमा चित्त बुझाएकाे लिभरपुल यसवर्ष लिग उपाधि जित्ने दाैडमा रहेकाे देखिन्छ । यद्यपी, गत वर्षकाे डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले पनि राम्राे सुरूवात गरेकाे छ ।
जेट्रो विलियम्सले सातौं मिनेटमा नै न्युकासललाई स्तब्धपूर्ण अग्रता दिलाए पनि साडियो मानेले पहिलो हाफमै दुवै गोल गरी लिभरपुललाई खेलमा फर्काए ।
न्युकासलका गोलरक्षक मार्टिन डुभ्राकाले गल्ती गर्दा मानेले दोस्रो गोल सजिलै गरेका थिए । रोबर्टो फिर्मिनोको ब्याकहिल पासमा मोहम्मद सलाहले ७२ औं मिनेटमा तेस्रो गोल गर्दै लिभरपुलको विजय निश्चित गरे ।

यसैगरी अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टरलाइ, टाेटेनह्यामले क्रिस्टल प्यालेस, साउथह्याम्प्टनले सेफिल युनाइटेड, चेल्सीले उल्भ्सलाइ पराजित गरेका छन् भने ब्राइटन र बर्नलीबीचकाे खेल बराबरीमा सकियाे ।

शनिबार राति नै म्यान्चेस्टर सिटी र नर्विचबीच खेल हुँदैछ ।