१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यादवलाई अनुशासनको कारबाही गर्न माग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य एवं उद्योगमन्त्री मातृका यादवसहित दर्जन नेतालाई अनुशासनको कारबाही गर्न माग गरेको छ । जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपाल, यादवसहितका नेताहरूलाई कारबाहीको माग गरेको हो ।

प्रदेश कार्यालयको बसेको बैठकले सो घटना नेता नेपाल तथा यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ ।२४ भदौमा बर्दिबासमा ६ वटा जिल्ला कमिटीको शपथग्रहण गराउने तयारी थियो । बर्दिबास सेवा समितिको हलमा हुने कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

एक जना प्रदेश पदाधिकारीले यसको पुष्टि गर्दै भने, ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा शपथग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरूले शपथग्रहण नै भाँड्न खोजे । तर, पनि पार्टीका इमानदार कमरेडहरूले संयमता देखाउनुभयो र दुई जिल्ला सिरहा र सप्तरीको शपथग्रहण पनि भयो ।’

‘नाराबाजी भइरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रूपमा जुन व्यवहार देखियो, त्यो निन्दनीय छ,’ उनले थपे, ‘पछि घटनाबारे सूक्ष्म रूपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल तथा मातृका यादवको निर्देशनमा सो कार्य भएको हुनाले पार्टी नेतृत्वसँग दुवै नेतामाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौं ।’

शपथग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरूप भएको तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिनसकेका नवनियुक्त प्रदेश सह–इन्चार्ज महेन्द्र पासवानले आक्रमणको नेतृत्व गरेको भन्दै केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ । प्रदेश कार्यालय बैठक बोलाउदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टीविरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको हो ।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग गरिएको छ । त्यस्तै, आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गरिएको प्रदेश कार्यालयले जनाएको छ । , समाचार राजधानी दैनिकमा प्रकाशित छ ।