२१ श्रावण २०८३, बिहीबार
,
Latest
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसमा अधिकारीका एकल काव्य साँझ



अ+ अ-

काठमाडौँ, २१ साउन : फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उहाँले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाउनुभयो । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो उपस्थिती रहेकाले पेरिसमा श्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुन सुखद भएको बताउनुभयो ।

नेपाली दूतावास फ्रान्स र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) द्वारा आयोजित सो कार्यक्रममा अधिकारीले आफ्ना दुई दर्जन कविता वाचन गर्नुभएको थियो ।

अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीसहित राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले प्रवासमा रहँदा नेपाली सङ्गीतको महत्त्वले अझ प्राथमिकता पाउने भनाइ राख्नुभयो । सो अवसरमा गायक रन बराइलीले गीतकार अधिकारीका गीत गाउनुभएको थियो ।रासस