४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत

कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत
अ+ अ-

काठमाडौँ। कालासागरमा बढ्दो सुरक्षा जोखिमका बाबजुद सन् २०२६ को पहिलो छ महिनामा टर्कीका बोस्फोरस र डार्डानेल्स जलमार्ग भएर ४० हजारभन्दा बढी जहाजले आवतजावत गरेका छन् ।

टर्कीको यातायात तथा पूर्वाधार मन्त्रालयले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार यस अवधिमा कुल ४० हजार २१८ जहाजले ती दुई जलमार्ग प्रयोग गरेका हुन् ।

जसमध्ये इस्तानबुलस्थित बोस्फोरस जलमार्गबाट १९ हजार २७७ र उत्तरपश्चिमी प्रान्त चानकलेमा अवस्थित डार्डानेल्स जलमार्गबाट २० हजार ९४१ जहाज पार भएका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा जहाजको संख्यामा सामान्य गिरावट आएको छ । सन् २०२५ को पहिलो छ महिनामा ४० हजार ९८८ जहाजले यी जलमार्ग प्रयोग गरेका थिए । तथ्यांकअनुसार आवतजावत गर्ने जहाजहरूमध्ये १३ हजार १२७ साधारण कार्गो जहाज रहेका छन् ।

त्यस्तै, ७ हजार ७७७ बल्क क्यारियर र ५ हजार १८८ कन्टेनर जहाजले उक्त मार्ग प्रयोग गरेका छन् । कालासागर क्षेत्रमा सुरक्षा चुनौती कायमै रहेका बेला यो तथ्यांक सार्वजनिक भएको हो । टर्किस सिपओनर्स एशोसिएशनले पछिल्ला महिनाहरूमा करिव १३६ व्यावसायिक जहाजहरू आक्रमणको चपेटामा परेको जानकारी दिँदै क्षेत्रीय ढुवानीमा गम्भीर अवरोध उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

पछिल्लो पटक, रुसको नोवोरोसिस्क बन्दरगाहबाट करिब ३० समुन्द्री माइल टाढा सोमवार एक टर्कीको मालवाहक जहाजमा ड्रोन आक्रमण भएको थियो । उक्त घटनामा तीन टर्की नागरिकसहित चालक दलका चार सदस्य घाइते भएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल