७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात

जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात
अ+ अ-

झापा। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ ।

स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ ।

पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ । अघिल्लो आव २०८१/८२ मा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो । एक वर्षमै कच्चा जुटको आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टानाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा पर्छ । पछिल्ला वर्षहरूमा पूर्वीनाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ ।

सरकारी अभिलेखअनुसार मोरङ, सुनसरी र झापामा २०४३÷४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार हुनथालेको थियो । त्यसबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गथ्र्यो । अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बङ्गलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ ।

जुटखेती घट्दै जानुको मुख्य कारण उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनु रहेको कृषि क्षेत्रका अधिकारीहरू बताउँछन् । उत्पादन खर्च बढ्दै जाँदा आम्दानी भने अपेक्षाअनुसार नहुने भएकाले किसानले जुटखेती छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुटखेती खुम्चिएर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्र हुँदै आएको छ । “लागत बढी र आम्दानी कम भएकाले किसानले जुटखेती छाड्दै गएका छन्, केही वर्षयता जुटको उत्पादनमा नराम्ररी गिरावट आएको छ”, उहाँले भन्नुभयो । रासस