४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
अ+ अ-

सेउटा। गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई अघि बढ्नबाट नियन्त्रण गर्ने क्रममा आइतबारसम्म कम्तीमा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय अधिकारीले आइतबार दिएको जानकारी अनुसार दशौँ हजार मानिसहरू मुख्यतया मोरक्कोबाट सीमा पोस्ट वरिपरि पौडी खेल्दै प्रवेश गरेका थिए ।

स्पेनको उत्तर अफ्रिकी क्षेत्रमा प्रवेश गरेका अनुमानित ६० हजार मानिसमध्ये अधिकांश मोरक्को फर्किसकेका छन्। यो क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो सामूहिक आप्रवासी प्रवेश थियो ।

“हामीसँग भएको पछिल्लो तथ्याङ्कअनुसार ७२ जनाको मृत्यु भएको छ,” सेउटाका सरकारी प्रतिनिधि मिगुएल एन्जेल पेरेज त्रिआनोले पत्रकारहरूसँग मृत्युको सङ्ख्याबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो ।

यसअघिको तथ्याङ्कअनुसार त्यहाँ मृत्यु भएका आप्रवासीको सङ्ख्या ६७ थियो । आइतबार स्पेनी प्रहरी र सैनिकहरूले सेउटाका सडकमा गस्ती गरिरहेको देखिन्थ्यो । मोरक्कोबाट आप्रवासीहरूको अचानक ठूलो आगमनपछि उक्त क्षेत्र सामान्य अवस्थामा फर्किरहेको छ ।

सानो सीमा अवरोध पार गरेका अधिकांश व्यक्ति ४८ घण्टामै स्वेच्छाले मोरक्को फर्किएपछि साना समूह मात्र अझै हिँडडुल गरिरहेका थिए ।

उक्त क्षेत्रमा भएको यो सबैभन्दा ठूलो आप्रवासीको भीडले स्पेनका लागि अन्तर्राष्ट्रिय सङ्कट सिर्जना गरेको छ र युरोपेली साझेदारहरूले म्याड्रिडको आप्रवासन नीतिको आलोचना गरेका छन्।

एएफपी संवाददाताले बताएका छन्, “सेउटा बन्दरगाह नजिकैको आवासीय परियोजनाबाहिर स्पेनी सैनिकहरूले फुटपाथमा बसेका थकित देखिने नौ जना आप्रवासीको समूहलाई पक्रेका थिए।

उनीहरूलाई सशस्त्र गाडीसहितका सैनिकले घेरेका थिए ।

अफवाह

स्पेनले आपराधिक गिरोहहरूलाई हालैको स्पेनी सर्वोच्च अदालतको आप्रवासनसम्बन्धी फैसलाका कारण आप्रवासीहरूलाई सजिलै प्रवेश दिइने अफवाह फैलाएको आरोप लगाएको छ।

केही विश्लेषकहरूले मोरक्कोले स्पेनमा कूटनीतिक दबाब दिन आप्रवासीहरूलाई सीमा पार गर्न दिएको हुन सक्ने बताएका छन् । स्पेनले हालै रबाटको प्रमुख शत्रु छिमेकी अल्जेरियासँग सम्बन्ध सुधारेको छ ।

सन् २०२१ मा मोरक्कोले स्पेनमा दबाब दिन सीमा नियन्त्रण खुकुलो बनाएपछि करिब १० हजार आप्रवासीले सेउटामा प्रवेश गरेका थिए ।

मोरक्कोली अधिकारीहरूले अहिलेसम्म यस सङ्कटबारे कुनै वक्तव्य दिएका छैनन्।

सीमा पार गर्ने केही व्यक्तिले सीमा खुला छ भन्ने सुनेको बताएका छन् । यो अफवाह सामाजिक सञ्जालमा छिट्टै फैलिएको थियो ।

युरोपेली सङ्घले मङ्गलबार भिडियो कलमार्फत् यसबारे छलफल गर्ने जनाएको छ । सङ्घका २२ सदस्य राष्ट्रहरूले संयुक्त खुला पत्र जारी गर्दै अत्यावश्यक बैठक बोलाउन र थप अनियन्त्रित प्रवेश रोक्न छिटो समन्वित प्रतिक्रियाका लागि आग्रह गरेका थिए।

इटालीले शनिबार स्पेनलगायत सीमामा भिसा–रहित आवतजावत अनुमति दिने सेन्जेन सम्झौता एक महिनाका लागि निलम्बन गरेको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले युरोपेली सङ्घका नेताहरूलाई पठाएको पत्रमा केही युरोपेली सङ्घका देशहरूको ‘स्वार्थी’ प्रतिक्रियाको आलोचना गर्नुभएको छ।  (रासस/एएफपी)