७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न

काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ शनिबार सम्पन्न भएको छ।

३५ जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यस्ता व्यावसायिक तथा प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारको क्षमता अभिवृद्धिले चलचित्र निर्माण, प्रचार–प्रसार र अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो।

समापन समारोहकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षक राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गर्नुभयो। उहाँले तालिम सफलतापूर्वक पूरा गरेका ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो।

उक्त अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुल कुमार श्रेष्ठ तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु. ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरी युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौंका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा उपयोग गर्न आग्रह गर्नुभयो।

काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, भिजुअल स्टोरीटेलिङ, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

समापन कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तस्बिर : रासस / प्रदीपराज वन्त