१७ श्रावण २०८३, आईतवार
,
Latest
मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली र ४ विदेशी आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।

भण्डारीले सामाजिक सञ्जालमार्फत दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

उहाँले स्वर्गीय निर्मल पुर्जाले आफ्नो अदम्य साहस, असाधारण क्षमता र ऐतिहासिक कीर्तिमानमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्नुभएको छ ।

पुर्जासहित पुरबहादुर गुरुङ ९युक्ता०, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पालगायत दिवंगत सबै आरोहीहरूले पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने भण्डारीले जनाउनु भएको छ ।

उहाँले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।