४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

बोको हराम आक्रमणमा नाइजेरियाली १० सैनिकको मृत्यु

बोको हराम आक्रमणमा नाइजेरियाली १० सैनिकको मृत्यु
फाइल तस्बिर
अ+ अ-

नाइजेरिया। दक्षिण–पूर्वी नाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई बताएका छन् । नाइजेरियाली सञ्चारमाध्यमले पनि यो आक्रमणको पुष्टि गरेको छ ।

आक्रमण शुक्रबार एनगुइग्मी नजिक भएको थियो । यो डिफा प्रान्तको ग्यारिसन सहर हो, जुन चाड ताल क्षेत्रमा पर्छ र नाइजेरिया, क्यामरुन तथा चाडसँग सीमा जोडिएको छ । बोको हरामका धेरै शिविरहरू यस क्षेत्रमा छन्।

एनगुइग्मीका एक स्थानीय बासिन्दाले सुरक्षाका कारण नाम नखुलाउने शर्तमा एएफपीसँग भन्नुभयो, “यो आक्रमणमा करिब १० सैनिक मारिएका छन्।”

“आक्रमणकारीतर्फ पनि निकै व्यक्तिको मृत्यु भएको छ,” उहाँले थप्नुभयो । अहिले सेनाले उक्त क्षेत्रमा सुरक्षा अभियान चलाइरहेको छ।”

स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा आक्रमणको उल्लेख गर्दै १० सैनिक र चार राष्ट्रिय गार्डका जवान मारिएको बताएका छन्।

नाइजेरियाली समाचार संस्था एएनपीले ‘एनगुइग्मी सहरको बाहिरी भागमा बोको हराम सम्प्रदायका सदस्यहरूको आक्रमणपछि केही सैनिकको मृत्यु भएको’ पुष्टि गरेको छ तर मृत्यु सङ्ख्या भने उल्लेख गरेको छैन ।

एजेन्सीले डिफाका गभर्नर जनरल महामादौ इब्राहिम एनगुइग्मी पुगेर आक्रमणमा मारिएका सुरक्षाकर्मीहरूको अन्त्येष्टिमा सहभागी हुनुभएको छ।

बोको हरामको जिहादी विद्रोह सन् २००९ मा यस क्षेत्रमा सुरु भएको थियो। पछिल्ला वर्षहरूमा यसले हजारौँ मानिसको ज्यान लिएको छ र केवल उत्तर–पूर्वी नाइजेरियामा मात्र लाखौँलाई विस्थापित गरेको छ।

यो हिंसा निजेर, चाड र क्यामरुनमा फैलिएपछि जिहादी समूहविरुद्ध क्षेत्रीय सैन्य गठबन्धन गठन भएको थियो।

पश्चिम अफ्रिकी देश नाइजेरियामा सैन्य कब्जापछि नाइजेरिया गठबन्धनबाट बाहिरिएको र पछिल्ला वर्षहरूमा असफलता भोगेको छ । (रासस/एएफपी)