१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बागलुङको सभापतिमा रायमाझी



अ+ अ-

गण्डकी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ ।

आज भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी हुनुभएको हो ।

रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा खिनानन्द पौडेल, सचिवमा लिलबहादुर खत्री ‘बबिन’ र सहसचिवमा बालकृष्ण शर्मा निर्वाचित हुनुभएको जनाइएको छ । रासस