४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने

श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने
अ+ अ-

कोलम्बो। सन् २०१९ को इस्टर बम विस्फोट रोक्न असफल भएको आरोपमा शुक्रबार मृत्युदण्ड तोकिएका श्रीलङ्काका दुई पूर्व उच्च सुरक्षा अधिकारीले आफ्नो सजायविरुद्ध अपील गर्ने उनीहरूका वकिलले शनिबार बताएका छन् ।

पूर्व रक्षा मन्त्रालय सचिव हेमासिरी फर्नान्डो र पूर्व प्रहरी महानिरीक्षक पुजित जयसुन्दराविरूद्ध कोलम्बो उच्च अदालतको तीन न्यायाधीशको बेञ्चले शुक्रबार २–१ को बहुमतबाट मृत्युदण्ड सुनाएको थियो ।

स्वदेशी इस्लामी चरमपन्थीहरूको आरोप लागेको उक्त आक्रमणमा ४५ विदेशीसहित २७९ जना मारिएका थिए भने ५०० भन्दा बढी घाइते भएका थिए।

उनीहरूका वकिल चमिन्दा अथुकोरेलले दुई हप्ताभित्र सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने बताउनुभयो ।

“असहमतिपूर्ण फैसलामा दुई आरोपितसँग हत्याको कुनै उद्देश्य नभएको र बम विस्फोटका वास्तविक दोषीसँग कुनै सम्बन्ध नभएको व्याख्या गरिएको छ,” अथुकोरेलले एएफपीसँग भन्नुभयो ।

श्रीलङ्कामा सन् १९७६ यता मृत्युदण्ड कार्यान्वयन भएको छैन। त्यहाँ मृत्युदण्ड सजायमा अनौपचारिक स्थगन कायम छ ।

फेब्रुअरीमा संसद्मा प्रस्तुत सरकारी तथ्याङ्क अनुसार मृत्युदण्डको लाइनमा ८१७ जना छन् । सामान्यतया यस्ता सजाय आजीवन कारावासमा परिणत हुन्छन् ।

दोषी करार भएका ७६ वर्षीय फर्नान्डो र ६६ वर्षीय जयसुन्दरालाई राजधानीको उच्च सुरक्षा भएको जेलमा राखिएको छ ।

उनीहरूलाई सन् २०१९ अप्रिल २१मा तीन चर्च र तीन होटललाई लक्षित गरी भएको घातक आक्रमण रोक्न आफ्नो कर्तव्य पूरा नगरेको ठहर गर्दै शुक्रबार विशेष अदालतले द्रूत प्रक्रियाबाट दोषी ठहर गरेको थियो ।

सन् २०२२ फेब्रुअरीमा अर्को उच्च अदालतको फैसलाले उनीहरूलाई हत्या वा अपराधमा सहयोग गरेको आरोपबाट सफाइ दिएको थियो ।

राज्यले त्यसविरुद्ध अपील गरेपछि सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको थियो, जसको नतिजा शुक्रबारको फैसला र सजाय हो।

सन् २०१९ अप्रिल ४ मा इस्लामी चरमपन्थीहरूको सम्भावित आत्मघाती आक्रमणबारे श्रीलङ्कालाई सचेत गराएको थियो तर अधिकारीहरूले त्यस सूचनामाथि कुनै ध्यान नदिएकोसुनुवाइका क्रममा अदालतलाई जानकारी गराइएको थियो ।

अघिल्लो नागरिक मुद्दामा फर्नान्डो र जयसुन्दरालाई आक्रमणबाट बाँचेकाहरूलाई १२ करोड ५० लाख श्रीलङ्काली रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो । (रासस/एएफपी)