१६ श्रावण २०८३, शनिबार
,
Latest
श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन



अ+ अ-

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको आधिकारिक पुष्टि भएको छ।

हिमपहिरोपछि उनीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसमका बीच पाकिस्तानका उद्धार टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा असाधारण कीर्तिमानका लागि परिचित थिए। उनले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाललाई कीर्तिमानी समयभित्र आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान बनाएका थिए।

उनको निधनसँगै नेपालले एक साहसी र प्रेरणादायी पर्वतारोही गुमाएको छ। उनीप्रति विश्वभरका पर्वतारोही, शुभेच्छुक तथा नेपालीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।