४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग

खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग
अ+ अ-

काठमाडौँ। नाइजेरियाले आगामी पाँच वर्षभित्र देशभर नियमित खोप अभियान र प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन ‘गाभी, द भ्याक्सिन एलायन्स’ बाट करिव ५० करोड अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

गाभीको ६.० कार्यक्रम अन्तर्गत स्वीकृत भएको सो सहयोग राशि नाइजेरियाका स्वास्थ्य तथा समाज कल्याण मन्त्री मोहम्मद अली पाटे र गाभीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सानिया निश्तारबीच राजधानी अबुजामा भएको उच्च स्तरीय छलफलपछि सुनिश्चित भएको हो ।

छलफलका क्रममा स्वास्थ्य मन्त्री पाटेले नाइजेरियाको खोप अभियानका लागि प्रस्ताव गरिएको यो सहयोगले आन्तरिक वित्तीय व्यवस्थापनमा थप प्रोत्साहन मिल्ने बताउनु भयो ।

उहाँले यस सहायताबाट खोपको आपूर्ति मात्र नभई यसको प्रभावकारी वितरण समेत सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, गाभीकी सीईओ सानिया निश्तारले नाइजेरियासँगको साझेदारीलाई पुनः पुष्टि गर्दै स्वास्थ्य क्षेत्रका वित्तीय चुनौतीहरूलाई समाधान गर्न र नियमित खोप अभियानलाई थप प्रभावकारी बनाउन यो सहयोग केन्द्रित रहने उल्लेख गर्नुभयो ।

यस सहायता राशिलाई नाइजेरियामा नियमित खोप अभियानलाई तिब्रता दिन, पोलियो उन्मूलन कार्यक्रमलाई निरन्तरता दिन, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको विस्तार गर्न र प्राथमिक स्वास्थ्य सेवालाई मजबुत बनाउन परिचालन गरिनेछ ।

साथै, यसले दीर्घकालीन खोप वित्तीय व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य समेत राखेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल