लन्डन। निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना सार्वजनिक गरेपछि फिफा नेतृत्वका लागि जियानी इन्फान्टिनो ‘गलत व्यक्ति’ भएको बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले शुक्रबार बताउनुभएको छ ।
विश्वव्यापी विरोध बढ्दै गएको अवस्थामा बर्नहमले यस विषयमा फेरि बोल्दै उक्त योजनालाई ‘अत्यन्त निन्दनीय सुझाव’ भन्नुभएको छ ।
“यस्तो विचार नै अगाडि ल्याउन सकिन्छ भन्ने कुराले नै मेरो दृष्टिकोणमा उहाँ (इन्फान्टिनो) सङ्गठनको नेतृत्वका लागि गलत व्यक्ति हुनुहुन्छ,” बर्नमले थप्नुभयो ।
बर्नहमका यी कडा शब्दहरू यस हप्ताको सुरुतिर इन्फान्टिनोका प्रस्तावहरूप्रति उहाँको प्रारम्भिक बलियो प्रतिक्रियापछि आएका हुन् ।“फुटबल लगानीकर्ताहरूको होइन,” एभर्टन समर्थक बर्नहमले मंगलबार ट्विट गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “यो त्यस्ता मानिसहरूको हो जो हरेक हप्ता, पानी होस् वा घाम, तयारी गर्छन् र खेल मैदानमा उभिन्छन्। यस्तो निश्वार्थ मनोरन्जनात्मक विधाका प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना ल्याउनु गलत हो।” (रासस/एएफपी)










