७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको टिप्पणी गर्नुभयो । उहाँले सुनसरीसहित मधेशमा उत्पन्न धार्मिक तनाव उत्पन्न हुनुमा पहाडी–मधेशी भनेर विभाजित गर्ने प्रवृत्तिको उपज भएको बताउनु भयो । उहाँले नेपालको विशिष्ट राजनीतिक र सामाजिक परिस्थितिका कारण संघीय व्यवस्था आएको उल्लेख गर्दै यसको मूल उद्देश्य राज्यको सेवा प्रवाह र अधिकारको विकेन्द्रीकरण रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मूलतः यो सरकार घृणा, द्वेष, भत्र्सना, विध्वंश र आगजनी सही थियो भन्नेकुरा स्थापित गर्दै आएको हो । माननीय मन्त्रीज्यू यहीँ हुनुहुन्छ, दुःखका साथ भन्नुपर्छ तपाईंहरु यसरी नै आएको हो । गोविन्द केसीको आन्दोलन र त्यसमा ऐक्यवद्धता गर्ने पनि तपाईं हो । आज मेडिकल शिक्षा कहाँ पुर्याउनुभयो । यस्तो कथाहरु जोडिँदै जालान् । सुनसरी यस्तै कुरा हो । संघीयता आउने बेलामा पनि यस्तै थियो । पहाडी र मधेशीयाको विभाजन कृष्णप्रसाद भट्टराई, उर्मिला अर्यालहरुलाई पहाडीया बनाएर शुरु गरिएको हो । जात र धर्मको पनि त्यसैगरी विभाजन शुरु गरिएको हो । संविधानमा हामीले यी तमाम असन्तुष्टिहरुलाई संघीयतासँगसँगै लिपिबद्ध गरेको हो । यो संघीयता हाम्रो विशिष्ट परिस्थितिमा आएको हो । यो सिंगो देश एकतामा जान नसकेर यस्तो भएको होइन, संघीयता आएको होइन । डेलिभरी र फंसनलाई हामीले विकेन्द्रीकरण गरेको हो । यतिमात्रै कुरा बुझ्नुपर्यो । तर यो कुरा राम्रो भएन । हामीलाई आजपनि दिग्भ्रमित पारिरहेका छन् ।’

उहाँले अहिले पनि संघीयताको विषयमा नागरिकलाई दिग्भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।