१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर बुझ्नुस्, भाउ नखानुस्’



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । .

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अल्पसंख्यक समुदायले आफूलाई असुरक्षित र बहुसंख्यक समुदायले आफूलाई असम्मानित महशुस गर्ने अवस्था सिर्जना हुँदा तथा राज्यले दंगा रोकथामका अग्रिम उपाय बेवास्ता गरी बल प्रयोगलाई प्राथमिकता दिँदा सुनसरीको कप्तानगञ्जमा भएको घटना मधेशभर फैलिएको आरोप लगाउनु भयो ।

उहाँले मधेसमा उत्पन्न तनावबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहनुले सरकारको जवाफदेहितामाथि थप प्रश्न उठाएको टिप्पणी गर्नुभयो । सांसद शर्माले प्रधानमन्त्रीलाई आफ्नो शपथग्रहण समारोहमा बजाइएको शंखध्वनिले अल्पसंख्यक र बहुसंख्यक समुदायमा पारेको मनोवैज्ञानिक प्रभावसमेत बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जब अल्पसंख्यक समुदाय असुरक्षित भएको सम्झिन्छ र बहुसंख्यक समूदाय आफू असम्मानित । उता राज्यको निकायले कुनैपनि दंगा र अप्रिय घटनाको रोकथामको अग्रिम उपायलाई बेवास्ता गरि बल प्रयोगलाई मात्र महत्व दिन थाल्छ । तब सुनसरीको कप्तानगञ्जमा घटेको अप्रिय घटना वनको डढेलो बन्न पुग्दछ । त्यसमा सरकारको जवाफदेहिताको अभाव झन प्रष्ट देखिन्छ जब यस घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा समेत सम्माननीय प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित देखिन्छन् । सम्माननीय अध्यक्षज्यूमार्फत सम्मानीय प्रधानमन्त्रीज्यूलाई आफ्नो शपथ ग्रहण समारोहका शंखको ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समूदायमा परेको विपरित मानसिक असरलाई बुझ्न आग्रह गर्दै सम्मानीय प्रधानमन्त्रीज्युलाई धेरै भाउ नखान आग्रह गर्दछु । सुनसरीसहित अन्य ठाउँमा घटेका हिंसात्मक घटनाको निश्पक्ष छानविनको माग गर्दछु ।’

उहाँले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र अगामी दिनमा यस्ता घटना हुन नदिने कुरामा गम्भीर हुन समेत सरकारको ध्यानाकर्षण गर्नुभयो