४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
अ+ अ-

लन्डन। मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृङ्खलाले इङ्ल्यान्डमा अनुमानित दुई हजार ८७७ अतिरिक्त मृत्यु गराएको ‘युके हेल्थ सेकुरिटी एजेन्सी’ले बुधबार बताएको छ ।

यो अनुमानित आँकडा सन् २०२५ को सम्पूर्ण गर्मी याममा गर्मीका कारण भएका कूल मृत्यु एक हजार ५०४ भन्दा झण्डै दोब्बर हो र यसले ‘सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव’ पारेको एजेन्सीले जनाएको छ।

“यी आँकडाले धेरै तातो मौसमले मानिसको स्वास्थ्यमा पार्न सक्ने गम्भीर खतरा देखाउँछन्,” एजेन्सीका प्रमुख तथा वातावरणीय सार्वजनिक स्वास्थ्य वैज्ञानिक रस थम्पसनले भन्नुभयो ।

स्वास्थ्य मन्त्री इभेट कूपरले भन्नुभयो, “संयुक्त अधिराज्यमा जाडोमा बिरामी हुने दर उच्च हुने गरेको थियो, तर अब हामी गर्मीको तापले हजारौँ मानिसको स्वास्थ्यमा बढ्दो गम्भीर प्रभाव पारिरहेको देखिरहेका छौँ ।”

पछिल्लो आँकडाले जुलाई महिनालाई समेटेको छैन, जसमा पनि लामो गर्मी लहर चलेको छ । एजेन्सीले भनेको छ, “गर्मी यामको कुल मृत्यु ‘धेरै उच्च हुने सम्भावना’ देखिएको छ।”

“अनुमानित तथ्याङ्कका आधारमा सन् २०२६ मा तापसँग सम्बन्धित मृत्युको सङ्ख्या रेकर्डमा सबैभन्दा उच्च हुन सक्छ,” एजेन्सीले भन्यो।

अतिरिक्त मृत्युको आँकडा तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि गएका दिनको औसत मृत्यु सङ्ख्या र चिसो दिनको औसत मृत्यु सङ्ख्या तुलना गरेर निकालिन्छ।

मे महिनामा ७५३ अतिरिक्त मृत्यु भएपछि जुनमा गर्मीजन्य थप खतराका चेतावनी जारी भएको थियो र जुनमा मात्र दुई हजार १२४ अतिरिक्त व्यक्तिको गर्मीजन्य समस्याका कारण मृत्यु भएको थियो ।

एजेन्सीले समुदाय र सेवाहरूले गर्मी यामको चरम अवस्थामा मात्र होइन, सुरुवातदेखि नै तातो मौसमका लागि तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

सम्पूर्ण गर्मी यामको मृत्युले सन् २०२२ मा रेकर्ड कायम गरेको थियो अर्थात् तापसँग सम्बन्धित दुई हजार ९८५ जनाको मृत्यु दर्ता भएका थिए।

सरकारलाई जलवायु परिवर्तनबारे सल्लाह दिने निकाय जलवायु परिवर्तन समिति (सीसीसी) ले गत वर्ष बेलायत जलवायु परिवर्तनका परिणाम सामना गर्न ‘तयार छैन’ भनी चेतावनी दिएको थियो।

मे महिनामा प्रकाशित एक प्रतिवेदनमा यसले सन् २०५० सम्ममा बेलायती घरहरूको ९२ प्रतिशत अत्यधिक तातो हुन सक्ने अनुमान गरेको छ र सरकारलाई कार्यस्थलमा अधिकतम तापक्रम सीमा तोक्न तथा अस्पताल र विद्यालयजस्ता सार्वजनिक भवनहरूमा एयर कन्डिसनिङमा लगानी गर्न सिफारिस गरेको छ । (रासस/एएफपी)