३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर

खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
अ+ अ-

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन्। यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ।

हाल डिम्याट खाताका लागि वार्षिक रु. १०० र मेरोशेयरका लागि वार्षिक रु. ५० नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो।

योजनाअन्तर्गत खल्तीबाट MeroShare तथा DEMAT नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००% क्यासब्याक प्राप्त गर्नेछन्। यस योजना मार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन्।

खल्तीबाट डिम्याट तथा मेरोशेयर कसरी नवीकरण गर्ने?

१. Khalti App खोल्नुहोस्।
२. Financial Services मा गई MeroShare & Demat Renewal मा क्लिक गर्नुहोस्।
३. आफ्नो Depository Participant (DP) छनोट गरी Client ID प्रविष्ट गर्नुहोस्।
४. Demat, MeroShare वा Both मध्ये आवश्यक सेवा छनोट गर्नुहोस्।
५. Get Details मा क्लिक गरी आफ्नो विवरण पुष्टि गर्नुहोस्।
६. विवरण सही भएपश्चात Khalti मार्फत केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस्।

प्रयोगकर्ताले आफ्नो Broker वा Depository Participant (DP) को वेबसाइटबाट नवीकरण गर्दै हुनुहुन्छ भने Khalti Payment Gateway मार्फत पनि डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।

खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन App तथा Payment Gateway दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ। प्रयोगकर्ताले घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी आफ्नो नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।
आफ्नो डिम्याट तथा मेरोशेयर खाता सक्रिय राख्न अन्तिम समय कुर्नुभन्दा अगावै नवीकरण गर्नुका साथै हरेक १५ दिनमा १०० जना प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने ‘१००% उपहार’ योजनामा सहभागी हुने अवसर समेत प्राप्त गर्न कम्पनीले भनेकाे छ ।