१३ श्रावण २०८३, बुधबार
,
Latest
स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उहाँले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिनुभएको हो । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताउनु भयो ।

मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन खर्च घटाउने र मतदाताको सहजताका लागि मतदानको दिन सवारी साधन चलाउन दिनुपर्ने प्रश्ताव समेत बुर्लाकोटीले राख्नुभयो । मतदान केन्द्रको ३०० मिटर परिधिभित्र मात्र सवारी साधन र अनावश्यक भीडभाड निषेध गरी अन्य क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउँदा दलहरूको खर्च कम हुने र सर्वसाधारणलाई सहज हुने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, हाम्रो देशमा युवाहरूको ठूलो जनसङ्ख्या छ, तर उनीहरू मतदान प्रक्रियाप्रति उत्साहित देखिँदैनन् । १६ वर्षकै उमेरमा मतदानको अधिकार सुनिश्चित गर्दा युवाहरूमा नयाँ उत्साह थपिने मेरो विश्वास छ । मैले आफैँ निर्वाचन लड्दा मतदानको दिन गाडी रिजर्भ गर्न मात्र ठूलो रकम खर्च गर्नुपरेको थियो । सुरक्षाको उच्च प्रबन्ध गरी फ्री भेहिकल मुभमेन्ट गराउनु आवश्यक छ ।’

उहाँले राजनीतिक दलहरूलाई विचारका आधारमा स्वेच्छिक रूपमा गाभिने वातावरण हुनुपर्ने तर कानुनद्वारा मर्ज हुन बाध्य पार्न नहुने बताउनु भयो । लोकतान्त्रिक पद्धतिमा दलहरू स्वेच्छाले अस्तित्वमा रहने वा नरहने निर्णय गर्न स्वतन्त्र हुनुपर्ने उहाँको भनाइ छ । विगतको निर्वाचन अनुभव सुनाउँदै बुर्लाकोटीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थामा आयोग थप गम्भीर हुनुपर्ने बताउनु भयो ।–




भर्खरै