१३ श्रावण २०८३, बुधबार
,
Latest
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा सहभागी नहुनु उनीहरूको राजनीतिक मान्यता, स्वभाव र उदयको आधारलाई हेर्दा दुःखद विषय नभएको टिप्पणी गरेका हुन्।

उनले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै, “उहाँहरू त मशान जाग्ने बेला मात्रै बिउँझिनुहुन्छ, अनि सामाजिक सञ्जालमा मात्र साक्षात्कार हुनुहुन्छ। कहिले होटल र नाकामा छापा मार्दा धम्क्याउँदै गर्जिएको देखिन्छ,” भनेका छन्।

बास्कोटाले यस घटनामा सबैभन्दा दुःखद पक्ष भनेको सत्तारूढ दलका सभापति आफ्नै सरकारप्रति निरीह देखिनु रहेको टिप्पणी गरेका छन्।




भर्खरै