४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी

निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छायाँ’ बनाउन नहुने बताउनुभएको छ ।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा धारणा राख्दै सांसद केसीले निर्वाचन आयोगलाई निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्तै निर्वाचन आयोगको भूमिका पनि निर्णायक हुने बताउनुभयो । निर्वाचन आयोगलाई लोकतन्त्र जोगाउने महत्वपूर्ण संरक्षक संस्थाका रूपमा विकास गर्नुपर्ने भन्दै उहाँले आयोगले स्वतन्त्र रूपमा निर्णय गर्न सके मात्र जनताको वास्तविक जनादेशको प्रतिनिधित्व हुने धारणा राख्नुभयो ।

छिमेकी मुलुक भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको उदाहरण दिँदै केसीले नेपालका निर्वाचन आयुक्तहरूमा पनि त्यस्तै साहसिक कार्यक्षमता आवश्यक रहेको बताउनुभयो । संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उहाँले नेपालमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले बेलायतको जस्तै सर्वदलीय समितिमार्फत स्वतन्त्र व्यक्तिको चयन गर्ने पद्धति नेपालमा पनि आवश्यक रहेको बताउनुभयो ।

‘हिजो पनि सरकारको लाचार छाया थिए, अहिले पनि लाचार छाया छन् । हिजो सरकारले नगर भनेपछि भ्रष्टाचारलाई कारबाही गर्न रोकियो, अहिले थुन्नुपर्ने भयो । तर थुन्ने कुरा संवैधानिक संस्थाको कुनै पनि अङ्गलाई त्रसित गर्ने कुरा लोकतन्त्रभित्र पर्दैन,’ उहाँले भन्नुभयो ।

केसीले निर्वाचन कसरी गर्ने, निष्पक्ष रूपमा सम्पन्न गर्ने तथा प्राविधिक र डिजिटल प्रणाली सुधार गर्ने विषय निर्वाचन प्रक्रियाको एउटा हिस्सा मात्रै भएको बताउनुभयो । निर्वाचन आयोगलाई अझ प्रभावकारी, सक्षम र स्वतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

उहाँले लोकतन्त्र व्यक्ति विशेषले नभई संस्था र मूल्य–मान्यताले चल्ने भएकाले संवैधानिक संस्थाहरूलाई सशक्त, जीवन्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो राजनीतिक परिवर्तनसँगै हरेक क्षेत्रमा नयाँ सुधार आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

सांसद केसीले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार र निर्वाचन आयोग गम्भीर हुनुपर्ने बताउनुभयो । विगतमा सरकार र राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।