४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

लघुवित्त पीडितले थाले आमरण अनसन

लघुवित्त पीडितले थाले आमरण अनसन
अ+ अ-

काठमाडाैँ । लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन शुरु गरेका छन् ।

लघुवित्त पीडितसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै उनीहरु मंगलवारदेखि आमरण अनसनमा बसेका हुन् । लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्र वृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरुको माग छ । लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउँदै आमरण अनसन शुरु गरेको बताउनु भयो ।

उहाँले यसअघि लुघुवित्त तथा वित्तिय संस्था पीडितहरुसँग वार्ता गरि सरकारले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको बताउनु भयो । सर्वोच्च अदलातले प्रतिवेदन कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी गरिसकेको भएपनि उक्त प्रतिवेदन कार्यान्वयन नभएको उहाँको भनाइ छ । उहाँले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी आचारसंहितामा आधारित आर्थिक तथा वित्तीय प्रणाली लागू गर्नुपर्ने र वित्तीय तथा सहकारी पीडितलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लघुवित्त पीडितहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशिका विपरित लुट्ने कार्य भएको हुनाले आन्दोलनका कार्यक्रम गर्दै आमरण अनसन गरिरहेका छौँ । यसबीचमा हामीले विभिन्न संघर्षहरु गर्योँ । हामीले विगतमा सरकारसँग वार्ता गरेर प्रतिवेदन समेत बनेको थियो । त्यो प्रतिवेदन अझै कार्यान्वयन नभएको हुनाले २०८२ जेठ ४ गते सम्मानित सर्वोच्च अदालतमा रिट दायर पनि गरेका थियौँ । उक्त रिटमाथि गत वर्षको पुस २२ गते प्रतिवेदन कार्यान्वयन गर्ने भनेर फैसला भयो । तर पनि हाम्रा मागहरु सम्बोधन नभएको हुनाले हामी आन्दनोलनमा आउन बाध्य भएका छौँ । हाम्रा मागहरुमा प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, विशेष वित्तिय ऐन खारेज गरी मुलुकि आचारसंहितामा आधारित आर्थिक वित्तीय प्रणाली बनाउनुपर्ने तथा वित्तिय तथा सहकारीपीडितलाई ब्याजरहित ऋण प्रदान गर्नुपर्छ भन्ने रहेका छन् ।’

उहाँले आफूहरुका मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी पनि दिनुभयो ।–न्युज एजेन्सी नेपाल