४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?

प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताउनुभएको छ ।

संसदीय सुनुवाइ समिति (संयुक्त) मा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा सांसद विष्टले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित निर्णयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै तत्कालीन सत्ताको प्रभावमा परेर आयोगले निर्णय गरेको आरोप लगाउनुभयो । नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई ‘बाइपास’ गरेर गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिएको उहाँको भनाइ थियो ।

विशेष महाधिवेशनको विरुद्धमा परेको उजुरीलाई निर्वाचन आयोगले अस्वीकार गर्दै विशेष महाधिवेशनलाई नै मान्यता दिएको र उक्त विषय सर्वोच्च अदालतसम्म पुगे पनि अदालतले आयोगकै निर्णय सदर गरेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद विष्टले नेपालका संवैधानिक तथा संस्थागत निकायहरू सत्ताको दबाबमा पर्ने गरेको अनुभूति हुने भन्दै निर्वाचन आयोग र अदालत दुवै स्वतन्त्र तथा निष्पक्ष रूपमा काम गर्न सक्षम हुनुपर्ने बताउनुभयो । गलत निर्णय गर्ने निकाय वा पदाधिकारीलाई तत्काल कारबाही गर्न सक्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयुक्तहरू पनि निष्पक्ष हुनुपर्छ भनिन्छ तर कुनै न कुनै रूपमा सरकारको छायामा परेको अनुभूति हुन्छ । अदालत र निर्वाचन आयोग पनि त्यही छायामा परेको जस्तो लाग्छ । तपाईंको पालामा गलत भएको निर्णयलाई निष्पक्ष ढङ्गले तत्काल सच्याउने र कारबाही गर्न सक्ने उपाय के छ ?”

यसैगरी सांसद विष्टले विद्यमान निर्वाचन खर्चको सीमा व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताउनुभयो । उहाँले ३० लाख रुपैयाँसम्मको खर्च सीमा कम रहेको उल्लेख गर्दै राष्ट्रिय दलहरूको निर्वाचन खर्चको केही हिस्सा राज्यले नै व्यहोर्ने र त्यसको अनुगमन निर्वाचन आयोगले गर्ने व्यवस्था लागू गर्न सकिने सुझाव दिनुभयो ।

राज्यले निर्वाचन खर्चको केही हिस्सा व्यहोर्ने व्यवस्था लागू भएमा निर्वाचन खर्च नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

सांसद विष्टले मतदाताको बसाइँसराइ र मतदान व्यवस्थाका कारण पनि उम्मेदवारमाथि अतिरिक्त आर्थिक भार पर्ने गरेको बताउनुभयो । गृह निर्वाचन क्षेत्रभन्दा बाहिर बसोबास गर्ने मतदातालाई मतदानका लागि निर्वाचन क्षेत्रमा लैजानुपर्ने अवस्थाले उम्मेदवारको खर्च बढाउने गरेको उहाँको तर्क थियो ।

मतदाताले आफू बसोबास गरिरहेको स्थानबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाउन सके निर्वाचन खर्च घटाउन सकिने उहाँले बताउनुभयो ।