काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ ।
प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै उग्र प्रदर्शन गरेपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमश: नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ।
आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
फोटो- सोनुकमार दाश











