११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधनपछि अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएमा त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनबमोजिमको व्यवस्था रहेको उल्लेख गरिएको छ।

मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारका हिंसाप्रति शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ। स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलता बुझ्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्भय, सुरक्षित र उच्च मनोबलका साथ बिरामीको सेवामा निरन्तर खटिने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्न आग्रह गर्दै घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ। साथै, अस्पतालको संवेदनशीलतालाई बुझेर स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने वातावरण बनाउन सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गरेको छ।

मन्त्रालयले सबै पक्षलाई संयमित रहन र अस्पतालको सेवा सुचारु गर्न आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन अपिल गरेको छ।