काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक उद्घाटनका लागि आवश्यक तयारी सकिएको जनाएको छ ।
सुरुङमार्गको उद्घाटन भएपनि आम सर्वसाधारणका सवारीसाधनले भने तत्काल सो मार्ग प्रयोग गर्न पाउने छैनन् ।
निर्माण आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।
आयोजनाका अनुसार सुरुङमार्ग पूर्णरुपमा सञ्चालनमा आउन अझै करिब तीन महिना लाग्नेछ ।सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाँच वर्षसम्मका लागि पाएको छ ।











