१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो



फाइल फोटो
अ+ अ-

झापा। पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ ।

एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।

आयोजनाको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)को प्रगति ४२ प्रतिशत तथा तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)को भौतिक प्रगति १९ प्रतिशत रहेको छ ।

काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ भने एक सातामा करिब सात किलोमिटर सडक कालोपत्र गर्न सकिने उहाँले बताउनुभयो ।

प्रमुख पन्तका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

विसं २०८० माघदेखि निर्माण सुरु भएको काँकरभिट्टा–लौकही सडक आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माण गर्दै दुवैतर्फ सडक विस्तारको काम एकसाथ भइरहेको आयोजनाले जनाएको छ । रासस