४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो

ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो
अ+ अ-

काठमाडौं । नेपालका ऐतिहासिक तथा कलात्मक सम्पदाको पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीले विशेष चासो देखाउनुभएको छ ।

सम्पदा पुनर्निर्माणका क्रममा मौलिक कला र पहिचान कमजोर हुँदै गएको तथा निर्माणको गुणस्तरमा समेत कमी आएको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीले नेपाल हस्तकला महासंघ र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग संयुक्त छलफल गर्नुभएको हो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार यसअघि प्रधानमन्त्रीसँगको भेटमा महासंघले सम्पदा पुनर्निर्माणका क्रममा नेपालको मौलिक कला, संस्कृति र पहिचान संरक्षण हुन नसकेको विषयमा ध्यानाकर्षण गराएको थियो । महासंघ गैरनाफामूलक संस्था भएकाले सरकारी ठेक्का प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसक्ने प्राविधिक कठिनाइ रहेको जानकारी गराउँदै निर्माण व्यवसायीसँग समन्वय गरेर काम गर्ने वातावरण बनाउनुपर्ने प्रस्ताव महासंघले गरेको थियो ।

हस्तकला महासंघको उक्त प्रस्ताव र गुनासोप्रति प्रधानमन्त्रीले तत्कालै सक्रियता देखाउनुभएको अध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार गुनासो राखेको दुई दिनभित्रै प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघ र हस्तकला महासंघका पदाधिकारीलाई संयुक्त रूपमा बैठकमा बोलाई आगामी दिनमा सहकार्य र समन्वय गरेर उच्च गुणस्तरका संरचना तथा कलात्मक उत्पादन निर्माण गर्ने विषयमा छलफल गर्नुभएको हो ।

अध्यक्ष शाक्यले प्रधानमन्त्रीको शीघ्र पहलले व्यवसायी तथा हस्तकलाकर्मीमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थपिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुनःसंरचना तथा कलात्मक सम्पदा निर्माण गर्ने क्रममा हाम्रो मौलिक कला र पहिचान केही कमजोर हुँदै गएको तथा मौलिकताअनुसार उच्च गुणस्तरका कला सिर्जनामा कमी आएको विषयमा हामीले प्रधानमन्त्रीसमक्ष धारणा राखेका थियौँ । हस्तकला महासंघ गैरनाफामूलक संस्था भएकाले ठेक्कापट्टाको प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था छ । तर निर्माण व्यवसायी संघ–संस्थाले नेपाल सरकारसँग गर्ने ठेक्का प्रक्रियामा हामीसँग सहकार्य र समन्वय गर्न सकेमा नेपालको कला, संस्कृति संरक्षण तथा मौलिकताको प्रवद्र्धनमा सकारात्मक परिणाम ल्याउन सकिने कुरा राखेका थियौँ ।’

उहाँका अनुसार सोही विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले दुई दिनभित्रै निर्माण व्यवसायी महासंघ र हस्तकला महासंघलाई संयुक्त रूपमा सहभागी गराई आगामी दिनमा कसरी समन्वय गरेर उच्च गुणस्तरका संरचना तथा कलात्मक उत्पादन निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको हो ।

अध्यक्ष शाक्यले सम्बन्धित सरोकारवालालाई यति छिटो एकै ठाउँमा ल्याएर सकारात्मक पहल सुरु गरिनुले आफूहरूमा नयाँ ऊर्जा र विश्वास थपिएको बताउनुभयो ।

दुवै महासंघबीच प्रभावकारी समन्वय हुन सकेमा सरकारी ठेक्कापट्टाको प्रक्रियागत जटिलता समाधान गर्दै निर्माण व्यवसायीको अनुभव र हस्तकलाकर्मीको सीपलाई एकीकृत गर्न सकिने अपेक्षा गरिएको छ । यसबाट ऐतिहासिक तथा कलात्मक सम्पदाको पुनर्निर्माणमा उच्च गुणस्तर कायम हुनुका साथै नेपालको मौलिक कला, संस्कृति र पहिचानको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।