२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव



अ+ अ-

काठमाडौं । भरतपुरमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।

कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ । कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताउनुभयो ।

सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ । यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा छ कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक÷एक जना कैदी स्थानान्तरण भएका छन् ।

हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन् । सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ । क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ ।