४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा

प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदेश सरकार गठन तथा पुनर्गठनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको मर्म र निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गर्नुपर्ने बताउनुभयो।

उहाँले पछिल्लो समय प्रदेश सरकारमा सहभागी दलहरूबीच केही राजनीतिक समस्या देखिएको स्वीकार गर्दै ती विषयमा सार्वजनिक टिप्पणीभन्दा पनि आन्तरिक संवाद, छलफल र अभ्यासमार्फत समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

उपसभापति शर्माले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दलहरूले प्रतिकूल परिस्थितिमा पनि संविधानको मूल मर्मको उल्लङ्घन गर्न नहुने उल्लेख गर्दै प्रदेश सरकार गठन वा फेरबदल हुँदा प्रतिपक्षको भूमिका सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन आवश्यक परे नेपाली काँग्रेस प्रतिपक्षमा बस्नसमेत तयार रहेको स्पष्ट पार्दै सबै प्रमुख दल एउटै सरकारमा सहभागी हुने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका दृष्टिले उपयुक्त नहुने बताउनुभयो।

शर्माले प्रदेश सरकारसम्बन्धी अहिले देखिएका जटिलताहरू संवाद र सहमतिमार्फत समाधान गरिने विश्वास व्यक्त गर्नुभयो। नेपाली काँग्रेसले मात्र चाहेर निर्णय नहुने उल्लेख गर्दै उहाँले सबै राजनीतिक दलको आत्मसम्मान र सहअस्तित्वलाई सम्मान गर्दै साझा सहमतिका आधारमा प्रदेश सरकारको विषय टुङ्ग्याइने बताउनुभयो।