४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता
अ+ अ-

काठमाडाैँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्मा विधेयक दर्ता गरेको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभामा असार २३ गते दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ ले विभिन्न कानुनी जटिलता, दोहोरोपनाको अन्त्य, संविधान तथा सङ्घीय शासन व्यवस्थाअनुकूल कानुनी सुधार, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित केही कानुन खारेज र केही संशोधनको प्रक्रिया अघि बढाएको हो ।

संविधानको मर्म र भावनाअनुकूल नभएका तथा वर्तमान सङ्घीय शासन संरचनाको सन्दर्भमा असान्दर्भिक देखिएका कानुनी तथा संस्थागत प्रावधान हटाउने, कानुनी दोहोरोपनाको अन्त्य गर्ने तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक भएकाले यो विधेयक संसद्मा दर्ता गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

विधेयकमा प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० खारेज गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ मा संशोधन गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

विधेयकले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा नयाँ व्यवस्था थप गर्दै व्यावसायिक प्रयोजनका लागि मालसामान ढुवानी गर्ने सवारीसाधनलाई वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार कानुनबमोजिम दर्ता भएका ढुवानीका साधनबाट व्यावसायिक प्रयोजनका लागि मालसामान ढुवानी गर्दा त्यसको सम्पूर्ण विवरण वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली मा प्रविष्ट गरेर मात्र ढुवानी गर्नुपर्नेछ । विधेयकले नेपालमा दर्ता भएका वा दर्ता हुने सम्पूर्ण ढुवानी सवारीमा तोकिएको मापदण्डअनुसार भू–अवस्थिति देखाउने चालु अवस्थाको जिपीएस उपकरण जडान गर्नुपर्ने र त्यसको सिलसिलेवार नम्बर सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

यद्यपि निश्चित क्षेत्रमा सञ्चालन हुने ढुवानी साधनलाई जिपीएस जडानबाट छुट दिन सकिने पनि विधेयकमा प्रस्ताव गरिएको छ । अनलाइन प्रणालीमा विवरण प्रविष्ट नगर्ने, आवश्यक कागजात साथमा नराख्ने वा जिपीएस जडानसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने ढुवानी सवारीका धनी वा प्रयोगकर्तालाई कर अधिकृतले पहिलोपटक अधिकतम रु ५० हजार र त्यसपछि प्रत्येक पटक अधिकतम रु एक लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था विधेयकमा छ । विधेयकले आयकर ऐन, २०५८ मा महत्वपूर्ण संशोधन प्रस्ताव गरेको छ । ऐनको दफा २ मा ‘गैरकर’ को नयाँ परिभाषा थप गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार गैरकर भन्नाले प्रचलित कानुनबमोजिम लाग्ने शुल्क, दस्तुर, सेवा शुल्क, रोयल्टी, लाभांश, जरिवाना वा साँवा फिर्ता रकम जनाउनेछ । त्यस्तो रकममा लाग्ने ब्याजलाई गैरकरकै रूपमा परिभाषित गरिएको छ ।

विधेयकले आयकर ऐनमा नयाँ दफा ७२ (क) थप गर्दै गैरकर निर्धारण तथा असुलीसम्बन्धी व्यवस्था प्रस्ताव गरेको छ । यस व्यवस्थाअनुसार प्रचलित कानुनबमोजिम तिर्नुपर्ने गैरकर नतिरेको वा नबुझाएको अवस्थामा नेपाल सरकारको निर्देशनको अधीनमा रही छानबिन तथा अनुसन्धान गरी गैरकर निर्धारण गर्न वा गराउन सक्नेछन् ।

अनुसन्धानबाट थप गैरकर दायित्व कायम भएको पाइएमा शतप्रतिशत जरिवाना असुल गरिने प्रस्ताव गरिएको छ । सरकारले प्रस्तुत गरेको उक्त विधेयक संसद्बाट पारित भई कार्यान्वयनमा आएपछि राजस्व प्रशासनमा सूचना प्रविधिको प्रयोग विस्तार हुने, ढुवानी प्रणालीको वास्तविक समयमै निगरानी गर्न सकिने, गैरकर असुलीलाई थप व्यवस्थित बनाउने तथा पुराना तथा असान्दर्भिक कानुनी व्यवस्थाहरू हटाएर सङ्घीय शासन प्रणाली अनुकूल कानुनी संरचना निर्माण हुने अपेक्षा गरिएको छ ।