२९ असार २०८३, सोमबार
,
Latest
दाङमा शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ गगन थापाको निवासअघि पनि शंकास्पद रूपमा गाडी पार्क भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरबीच छलफल प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्योः विपक्षीको नाडी छाम्ने काम नगरियोस् मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र अनलाइनखबर कार्यालयअगाडिको शंकास्पद गाडी क्रेनमार्फत हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु, तीन महिना स्थिरीकरण अवधि रहने



अ+ अ-

काठमाडौँ ।  राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा प्रवाह सुरु गरेको जनाएको छ। विभागका अनुसार नयाँ प्रक्रियाबाट केही सेवाग्राहीले आवेदन प्रक्रिया पूरा गरी पहिलो दिनमै राहदानी सेवा प्राप्त गरिसकेका छन्।

विभागले नयाँ राहदानी लिन वा म्याद सकिएको तथा अन्य कारणले नवीकरण गर्नुपर्ने सेवाग्राहीले विगतझैँ आफ्नो स्थायी बसोबास रहेको जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगबाट सेवा लिन सक्ने जनाएको छ।

नयाँ प्रणालीको स्थिरीकरण अवधि तीन महिनासम्म रहने भएकाले यस अवधिमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित, सहज र सुचारु रूपमा सञ्चालन हुने विभागको विश्वास छ। विभागले सेवासम्बन्धी थप जानकारी आफ्नो वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ।