२८ असार २०८३, आईतवार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित



अ+ अ-

काठमाडाैँ । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ । नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवर्द्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटले प्राथमिकता दिएको छ ।