४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन
अ+ अ-

काठमाडाैँ । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ । वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यममार्फत वनले आम्दानी बढाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ ।

करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेका छन् । सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै रु चार लाख ९२ हजार ९०५ आम्दानी भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा रु एक लाख ९२ हजार १०५, २०८१÷८२ मा रु एक लाख ३० हजार ९५० र २०८२÷८३ मा रु एक लाख ६९ हजार ८५० आम्दानी भएको उहाँले जानकारी दिनुभयो । स्थानीय किसानले व्यावसायिक तरकारी खेती, डोको–डालो बुन्न, घर निर्माणमा सटरिङ गर्न, कुखुरापालनका लागि टहरा बनाउन तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन् । प्रजातिअनुसार प्रतिगोटा बाँस रु २०० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ ।

सामुदायिक वनले बाँससँगै फलफूल खेतीलाई पनि विस्तार गरेको छ । वन क्षेत्रमा चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन् । दशकअघि लगाइएका ती बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । फलफूल बगैँचा पाँच वर्षका लागि रु चार लाखमा ठेक्कामा दिइएको छ । सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार उपभोक्ताको आयआर्जन बढाउन दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक मेसिन खरिद गरिसकिएको र उद्योग सञ्चालनअघि उपभोक्तालाई सीपमूलक प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । सामुदायिक वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ ।

यहाँबाट वार्षिक ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ । उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा सुकाउन नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर (सोलार ड्रायर) जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । वनले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरेको छ । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक एवं पर्यटकीय महत्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो । सामुदायिक वनले संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।

स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्चलाइट वितरण, विद्यालयमा कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण, सडकमा ग्राभेलिङलगायत काम गर्दै आएको छ । विपन्न परिवारलाई आयआर्जनमूलक तथा सीप विकास कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सामुदायिक वनले उल्लेखनीय योगदान पु¥याएको उहाँले बताउनुभयो ।

सामुदायिक वनले आर्थिक वर्ष २०८२÷८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट रु ७४ लाखभन्दा बढी आम्दानी गरेको जनाएको छ । एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा सघाउँदै आएको छ ।