काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राहदानी विभागको तेस्रो गेटअगाडि ती पुरुषले आफ्नो ज्यान लिने उद्देश्यले शरीरमा आगो लगाएका थिए।
प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











